• The Public Today
  • सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउनका लागि सार्वजनिक विदा


    गौशाला, जेठ ९ गते । सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउनका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय तहको निर्वाचनमा नयाँ जनप्रतितिनिधि निर्वाचित भएर आएको खुसीयालीमा विजयोत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिइएको हो ।

    गाउँपालिकाका निर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिकाभरका सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै ‘विजयी उत्सव मनाउन सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस