• The Public Today
  • पन्जाबले हैदरावादलाई हरायो


    द पब्लिक टुडे
    गौशाला, जेठ ९ गते । अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाब किङ्सले छैटौं स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी(२) क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ । लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

    पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए । उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । यस्तै, शिखर धवनले ३९ रन बनाउँदा जोनी बेरेस्टोले २३ सँगै साहरुख खान र जितेश शर्माले समान १९ रन बनाए ।

    हैदराबादका फजालहक फारुकीले दुई विकेट लिए । यस्तै, वासिङ्टन सुन्दर, जगदिस सुचिथ र उम्रन मलिकले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो ।

    हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, रोमारियो सेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र आइदेन मार्करमले २० रन बनाएका थिए । ​

    पञ्जावका नाथन एलिस र हरप्रित ब्रारले समान तीन विकेट लिँदा कगिसो रबाडाले एक विकेट लिएका थिए । जितसँगै १४ खेलबाट १४ अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा उक्लियो । यस्तै, समान खेलबाट १२ अंक जोडेको हैदरबादले भने आठौं स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । एजेन्सी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस