• The Public Today
  • रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार निर्वाचित


    रौतहट, जेठ ९ गते । रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल निर्वाचित भएका छन् ।

    बृन्दावन नगरपालिका–६ हर्षाहा घर भएका पटेल ६ हजार १ सय १२ मतसहित मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवले ४ हजार ६ सय ७८ मत ल्याए ।

    त्यस्तै, उपमेयरमा एकीकृत समाजवादी पार्टीकी संगीतादेवी राम निर्वाचित भएकी छन् । उनी ५ हजार ८ सय २५ मतका साथ बृन्दावनको उपमेयरमा निर्वाचित भएकी हुन् ।

    उपमेयरमा निर्वाचित रामले ५ हजार ८ सय २५ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सैवुन खातुनले ५ हजार ९ मत पाएकी छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस