• The Public Today
  • सुख्खा पहिरोले बुटवल सडकखण्ड अवरुद्ध


    पाल्पा, जेठ ९ गते। सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् ।

    सडक पूर्णरुमा अवरुद्ध छ ।

    सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरेर पहिरो पन्छाउने तयारी भएको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए ।

    सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने उनको भनाई छ । सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरो खसेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस