तोकिएको भन्दा बढि रकम लिए कारवाही : नगर प्रमुख डा.महतो

द पब्लिक टुडे
गौशाला, जेठ ११ गते । महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा तोकिएको भन्दा बढि बट्टी (रकम) नलिन गौशाला नगरपालिकाले ठेकेदारलाई सचेत गराएको छ ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले बजारमा आउने किसान, उपभोक्ता र व्यवसायीसँग ठेकेदारले तोकिएको भन्दा बढि बट्टि (रकम) नलिन उनले ठक्केदारलाई सचेत गराएको हो । नगरपालिकाले तोकेको दर भन्दा ठेक्केदारले बढी रकम लिने गरेको गुनासो आएको छ ।
‘द पब्लिक टुडे’सँग कुराकानी गर्दै नगर प्रमुख डा.महतोले बिहीबार नगर प्रहरी परिचालन गर्ने र तोकिएको भन्दा बढि रकम लिएको पाइए कारवाही गरिने बताए ।
नगर प्रमुख डा.महतोले बजारमा नगर प्रहरी खटिने र तोकिएको रकम भन्दा ठेकेदारले बढी रकम लिए तत्कालै रकम फिर्ता गराउने समेत बताए ।
गौशालाबजार सप्ताहको २ दिन (सोमवार र बिहीवार) लाग्दै आएको छ ।
क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस