सर्लाही : जनप्रतिनिधिलाई विद्यालयको सम्मान

द पब्लिक टुडे
गौशाला, असार ३ गते ।
सर्लाहीमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ।

बिहीबार हरिवनमा रहेको महादेव जनता नमूना माविको प्रांगणमा आयोजित समारोहमा प्रधानाध्यापक जयशंकर सिंहले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) सहित वडाध्यक्ष र वडासदस्यहरुलाई प्रशंसापत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका हुन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष र सल्लाहकारहरुलाई पनि सम्मान गरिएको थियो। त्यस क्रममा विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई मेयर बुढाथोकीले पुरस्कार वितरण गरेका थिए।

कृषि प्राविधिक धारको समेत पढाई सञ्चालन गर्दै आएको विद्यालयमा हाल दुई हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्।

बाल कक्षादेखि १२ कक्षासम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुँदै आएको प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप वढ्दै गएको छ।