• The Public Today
  • विराट र बाबर एकै टोलीमा !


    एजेन्सी : भारत र पाकिस्तानका स्टार खेलाडी विराट कोहली र बाबर आजम २०२३ मा सँगै खेल्दै गरेको देख्न सकिने भएको छ ।

    सन् २०२३ को आईपीएलपछि अफ्रिका र एसिया-११ बीच सिरिज खेलिनेछ जसमा दुई खेलाडीलाई एकै टोलीमा देख्न सकिनेछ ।

    श्रीलंका र बंगलादेशका खेलाडीहरू पनि एशिया-११ बाट खेलेको देख्न सकिन्छ। भारत र पाकिस्तानबीच पछिल्लो समय कुनै सिरिज खेलिएको छैन ।

    न त पाकिस्तानी खेलाडी आईपीएल नै खेल्छन्। यस्तो अवस्थामा दुवै देशका खेलाडीलाई सँगै खेलेको हेर्न पाउनु फ्यानका लागि फरक अनुभव हुनेछ । भारत र पाकिस्तानबीच पछिल्लो सिरिज २०१२-१३ मा भएको थियो। त्यसपछि दुवै टोली आईसीसी प्रतियोगितामा मात्रै खेलेका छन् ।

    यसअघि 2007 मा एसिया-११ र अफ्रिका-११  बीच ३ खेलको शृंखला खेलिएको थियो। यो सिरिज एसिया-११ ले ३–० ले जितेको थियो । त्यतिबेला महेन्द्र सिंह धोनी, मोहम्मद आसिफ, युवराज सिंह, मोहम्मद युसुफ जस्ता स्टार खेलाडीहरु सँगै खेलिरहेको देखिन्थे । उही समयमा मोर्ने मोर्केल, एबी डिभिलियर्स र स्टिभ टिकोलोले अफ्रिका-११ को लागि सँगै खेलेका थिए, तर त्यसपछि भारत र पाकिस्तान बीचको राजनीतिक विवादका कारण शृंखला फेरि खेल्न सकेन।

    सन् २०२३ मा हुने सिरिजको ढाँचा टी–२० हुनेछ । यसअघि यो सिरिजको ढाँचा एकदिवसीय थियो। यस विषयमा जय शाह र अफ्रिकी क्रिकेट संघका नयाँ अध्यक्ष सुमोद दामोदरबीच अप्रिल २०२३ मा हुने आईसीसी बोर्ड बैठकमा छलफल हुनेछ।


    क्याटेगोरी : अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस