• The Public Today
  • मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै


    काठमाडौं, असार ४ गते । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ ।

    कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

    ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

    यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब-टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

    नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।


    क्याटेगोरी : कला, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस