• The Public Today
  • चुरोटमा निकोटिन घटाएर लत नबसाउने स्तरमा पुर्‍याइने


    वासिङ्टन, असार ९ गते । अमेरिकामा हाल बिक्री वितरण भइरहेको चुरोटमा निकोटिनको परिमाण घटाएर न्यूनतम वा लत नबसाउने स्तरमा पुर्‍याउने तयारी भइरहेको छ ।

    अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले मंगलबार नाटकिय रूपमा क्यान्सरबाट हुने मृत्युदर घटाउने सो योजना सार्वजनिक गरेको थियो । क्यान्सरबाट हुने मृत्यु नियन्त्रण गर्ने राष्ट्रपति जो बाइडेन सरकारको लक्ष हो ।

    तर, सरकारको यस कदमलाई सुर्ती उद्योगले विरोध गर्ने सम्भावना रहेको छ । धुमपान अमेरिकीहरूको मृत्युको प्रमुख कारण बन्दै आएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अमेरिकामा प्रत्येक वर्ष ४ लाख ८० हजार मानिसको मृत्यु घुमपानकै कारण हुने गरेको छ । निकोटिन सुर्ती उत्पादनमा अत्यन्तै लत बसाउने ‘आनन्ददायक’ रासायनिक पदार्थ हो ।

    अमेरिकी खाद्यान्न तथा औषध प्रशासन (एफडीए) ले यस योजना अन्तर्गत चुरोटको अधिकतम निकोटिन स्तर तोकिने र केही अन्य सुर्ती उत्पादनकै अन्त्य गरिन लागेको जनाएको छ ।

    एफडीएका आयुक्त डा. रोबर्ट एम क्यालिफले निकोटिनको स्तर घटाइँदा कलिलो उमेरका युवायुवतीमा चुरोटको लत बस्ने सम्भावना घट्न सक्ने र अहिले चुरोट पिउने गरेकालाई चुरोट त्याग्न सघाउने बताएका छन् ।

    सन् २०२० मा अमेरिकामा तीन करोड ८ लाख वयष्कले चुरोट पिएका थिए । यूएस सर्जन जनरलकाअनुसार ८७ प्रतिशत वयस्कले अठार वर्षको उमेरदेखि धुमपान गर्न थालेको पाइएको छ । बीबीसीबाट ।


    क्याटेगोरी : अन्तराष्ट्रिय, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विदेश, स्वास्थ्य


    प्रतिक्रिया दिनुहोस