• The Public Today
  • सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने अस्पतालका कर्मचारी पक्राउ


    निरुता चौधरी
    गौशाला, असार ९ गते ।
    सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् ।

    लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

    सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । सिरहाका प्रहरी नायव उपरीक्षक कुमार मैनालीले नायब सुब्बवा पक्राउ परेको पुष्टि गरेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज, स्वास्थ्य


    प्रतिक्रिया दिनुहोस