• The Public Today
  • चीनले गर्‍यो तीनवटा रिमोट सेन्सरबाट चल्ने स्याटेलाइट प्रक्षेपण


    काठमाडौँ, असार ९ गते । चीनले बिहीबार तीनवटा रिमोट सेन्सरबाट चल्ने स्याटेलाइट प्रक्षेपण गरेको छ ।

    चीनको सिचुवान प्रान्तस्थित सिचाङ स्याटेलाइन प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो । बिहीबार चीनले प्रक्षेपण गरेको याओगन–३५ परिवारको दोस्रो ब्याचको रुपमा उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो ।

    चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार प्रक्षेपण गरिएको स्याटेलाइट सफलतापूर्वक कक्षमा प्रवेश गरिसकेको छ ।

    यस्ता स्याटेलाइटहरु विशेषगरी वैज्ञानिक प्रयोग, जमिनको स्रोत सर्वेक्षण, कृषि उत्पादनको आकलन र संकट निवारण तथा न्यूनीकरणको लागि प्रयोग हुनेछन् ।

    चीनको लङ मार्च सिरिज क्यारियर रकेटको ४२४ औं मिसन हो ।

    चीनले याओगन–३५ स्याटेलाइटको पहिलो ब्याच गत वर्षको नोभेम्बर ६ मा प्रक्षेपण गरेको थियो । नेपालखबर


    क्याटेगोरी : अन्तराष्ट्रिय, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस