• The Public Today
  • लाइन काटेर चार करोड असुली


    जीबछ यादव
    लाहान, असार ९ गते ।
    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लाहानले लाइन काटेपछि जेठ महिनासम्ममा ४ करोड १७ लाख १४३ रुपियाँ असुल गरेको छ।

    कार्यालय प्रमुख जितेन्द्रकुमार यादवका अनुसार विगत वर्षदेखि नउठेको विद्युत् महसुल यस पटक उठाउन सफल भएको भन्दै असार महिनासम्म यो रकम अझै बढ्नसक्ने बताए ।

    उनका अनुसार एक हजार १४१ जनले रिकनेक्शन गर्दा प्रति ग्राहक ८७० को दरले लिइने जरिवाना वापत सात लाख ७४ हजार ६२० रूपियाँ जम्मा भएको छ।

    लाहान वितरण केन्द्रले लाहान बाहिरका नवराजपुर, भगवानपुर र सुखीपुर शाखाबाट विद्युत् महसुल उठ्ने क्रम उत्साहजनक छ। केन्द्रबाट ६५ हजार ग्राहकले लाहानबाट सेवा लिइरहेका छन्।


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस