• The Public Today
  • ‘जेल’ परेको कुकुरले तीन महिनापछि भेट्यो मालिक


    द पब्लिक टुडे
    गौशाला, असार ९ गते ।
    तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ।

    २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका–१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई चैत १४ मा प्रहरीले नियन्त्रणमा लिएको थियो।

    डिभिजन वन कार्यालय मुगुको मालिक छुटे पनि कुकुर भने थुनामा राखिएको थियो।

    यस विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएका थिए । तर, डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेको र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियो ।

    कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएको डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए ।

    कुकर मालिक च्याम्पा तामाङका अनुसार मुगुम कार्मारोङ गाउँपालिका–१ चितैबाट सम्पर्क गर्न असहज भएको बताए।

    डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएको तैपनि कुकुर सकुशल रहेको जानकारी पाएपछि लिन आएको उनले बताए ।

    जंगली जनावर चोरी–सिकार आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् । देशसञ्चार


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस