५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

File Photo
द पब्लिक टुडे
गौशाला, असार ९ गते । बारा प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किशोरले घरमा कोही नभएको अवस्थामा बालिकालाई ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज
प्रतिक्रिया दिनुहोस