‘गठबन्धनले एमालेलाई केही फरक पर्दैन’

शारदादेवी थापालाई एक पटक भेटेका मानिसले कहिल्यै बिर्सदैनन् । निकै साधारण जीवनशैली, सबैसँग मिठो बोलीवचन, सहयोगी र सबैैसँग मित्रवत व्यवहारका कारण उनीसँग एकपटक भेट्नेले सधै सम्झिरहन्छन् । अन्याय सहनै नसक्ने, चित्त नबुझ्दा तुरुन्त प्रतिवाद गर्ने उनको स्वभावले जिल्लामा उनको इज्जतनै भिन्न छ । उनको नाम भन्नासाथै उनको व्यवहार धेरैको आँखाअघि मडारिन थाल्छ ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट पहिलो पटक निर्वाचित भएपछि उनले सामाजिक परिवर्तनलाई विशेष जोड दिइन् । त्यो अवधिमा उनले विशेषगरी अन्धविश्वासको भूमरीमा रहेका महिलालाई ससक्त बनाउने प्रयास गरेकी छिन् । उनले बोक्सीको आरोपमा सामाजिक बहिष्कारदेखि अभद्र व्यवहार र दाइजो प्रथाका कारण प्रताडित बनेका महिलालाई ससक्त बनाउन विभिन्न तालिम र अभियान चलाएकी छिन् । संसद विकास कोषबाट करिब पाँच वर्षको अवधिमा झण्डै ६ करोड खर्च गरेकी छिन् । यो रकमको केही हिस्सा महिलाले नेतृत्व गरेको महिला सहकारीमा समेत खर्च गरिएको छ । साथै, उनले महिलालाई उद्यमी बनाउने, महिला उद्यमका विविध तालिम सञ्चालन गरेकी छन् ।

यति मात्रै होइन ६ करोडबाटै सात वटा विद्यालयमा भवन बनेका छन्, करिब १० किलोमिटर सडक निर्माण भएको छ । जनताको बीचमा रहेर काम गर्नुपर्छ भन्ने मान्यता बोकेकी थापा दोस्रो पटक चुनावी मैदानमा उभिएकी छिन् । मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमालेकी प्रभावशाली नेतृ समेत रहेकी थापा महोत्तरी क्षेत्र नम्बर १ ‘क’बाट प्रदेशसभा सदस्यका लागि दोहोरिने दाउमा छिन् । उनको अवस्था, चुनावी एजेण्डालगायतका विषयको शेरोफेरोमा रहेर थापासँग द पब्लिक टुडेकर्मी विजय कुमार सिंहले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

घरदैलोको अन्तिम अन्तिम समयमा आईपुग्नुभएको छ । कस्तो छ तपाईको चुनावी माहोल ?

—माहोल अहिले राम्रो छ । नेकपा एमाले घरदैलोमा आइदियोस् भन्ने सबैको चाहना छ । जनताहरुको आवश्यकता महशुस गरेर अब अहिलेको गठबन्धनको नकारात्मक प्रवृतिबाट सकारात्मक परिवर्तन ल्याउनु भनेको नेकपा एमाले हो । त्यसकारण नेकपा एमाले खोई ? नेकपा एमालेको घरदैलो कहिले हुन्छ ? नेकपा एमालेका जनप्रतिनिधि कहिले आउँछन् ? भन्ने कुरोको एक किसिमको उत्साह जनमानसमा देखें मैले । प्रत्येक घरमा हामीलाई फुलमाला लिएर बाटो कुरिरहेको देखेर एउटा आत्मविश्वासका साथ मनैबाट जनतामा एमालेप्रति उत्साह र आशा जागेको पाएँ ।

जनतामा किन त्यसरी एमालेप्रतिको उत्साह देखिन्छ ?

—एमाले नै त्यो पार्टी हो । जसले जनताको सार्वभौमसत्ता, सार्वभौम अधिकार सम्पन्न गराउन सक्छ । भुँई मान्छेलाई सम्बोधन गरेर एमालेले योजनाहरु बनाएको छ । त्यसकारण पनि एमाले जनताको लोकप्रिय पार्टी हो । आठवटा सामाजिक सुरक्षा भत्ताको कारण पनि एमाले जनताको नजिकको विश्वास पात्र हो । युवालाई स्वरोजगार स्थानीय स्तरमै भएका स्रोत र साधनको परिचालन गरी युवालाई दुव्र्यसनी मुक्त बनाउनका लागि आर्थिक कार्यमा जोड्ने पार्टी नेकपा एमाले हो । छुवाछुत विरुद्धको अभियान चलाएर समाजमा समानताको एकता गरेर अगाडी बढाउने नै एमाले हो । यसरी सबै क्षेत्र, वर्ग, समुदाय र भूगोललाई समेटेर अगाडी बढेकै पार्टी भएको कारणले नेकपा एमाले जनताको बीचमा लोकप्रिय छ ।

तपाई दोस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । के भनेर भोट माग्दै हुनुहुन्छ यसपटक ?

—पहिलोपटक त मलाई चिनाउनलाई परेको थियो । हुनत म नेकपा एमालेको त्यतिखेर जिल्ला कमिटी सदस्य थिएँ र अखिल नेपाल महिला संघ जिल्ला कमिटीको अध्यक्षको रुपमा रहिरहँदा खेरी महोत्तरी जिल्लाको महिलाको नेतृत्व गर्दा मेरो एक किसिमको पार्टीको परिचय भईसकेको थियो । अब मेरो दोस्रो चोटीको परिचय भनेको पार्टीकोसँगै जनप्रतिनिधिको पनि परिचय छ । त्यकारण मैले दिदी म आएँ नेकपा एमालेको म यो भनेर भन्नुपर्ने अवस्था मलाई अहिले परेको छैन । एहे बहिनी आउनुभएछ, एहे नानी आउनुभएछ भनेर मलाई मेरो परिचय उहाँहरुले नै दिएर मैले मात्रै भोट माग्ने काम गरेको छु । एक किसिमले मलाई जनताले चिन्दिनुभको छ । मतदाताले स्वीकार गर्नुभएको छ । घरदैलोमा स्वागत गर्दिनुभको छ । धेरै साथीहरुले त ‘ए थाहा छ थाहा छ हामीले हिजो पनि दिएकै हो नि सुर्यमा । हामी दिन्छौं क्या दिन्छौं । हामीलाई विश्वास गर्नुन हामी सुर्य भन्दा अरु कसलाई भोट हाल्ने हो र ? सुर्य छाप त हो नि’ भनेर उहाँहरुले नै मेरो भोट माग्ने काम गर्दिनुभको छ । यस्तो माहोल देख्दा म निकै उत्साहित छु ।

एमालेले कस्तो एजेण्डाहरु अघि सारेका छन् । कस्तो एजेण्डा बोकेर घरदैलोमा पुगिरहनुभएको छ ?

—पार्टीको एजेण्डा अहिले हाम्रो घोषणापत्रमा विशेषत २० वटा बुँदामा बडो महत्वपूर्ण एजेण्डाहरु लिएर हिँडेका छौं । पार्टीका घोषणापत्र हामीले प्रत्येक जनजनमा पु¥याउने हाम्रो प्रतिबद्धता छ । हाम्रो घोषणापत्रमा भुँईमान्छेलाई सम्बोधन भको छ । गरिब निमुखाको पक्षमा सम्बोधन भएको छ । किसानको पक्षमा सम्बोधन भएको छ । युवाको पक्षमा सम्बोधन भएको छ । विकास र समृद्धिको पक्षमा सम्बोधन भएको छ । अपूरा रहेका योजनालाई पूरा गर्ने वाचाको पक्षमा सम्बोधन भएको छ । यस्ता धेरै विषयहरु समेटिएको छ ।

पाँचदलिय गठबन्धन एकातिर छन्, तपाई एकातिर । यस्तो अवस्थामा तपाई आफ्नो जित कतिको देख्नुभको छ ?

—पाँचवटा होईन नेपालमा भएभरका पार्टी एकापटी र नेकपा एमाले मात्रै एकापटी भयो भनेपनि सबै जनताले नेकपा एमालेलाई हाल्नुहुन्छ भोट । यति विश्वास पात्र भको छ एमाले । किनभने, नेकपा एमालेले भोट लिनको लागि मात्रै घरदैलो गर्दैन । भोट लिनको लागि मात्रै एजेण्डा बनाईदिँदैन । भोट लिनको लागि मात्रै घोषणापत्र सार्वजानिक गर्दैन । समृद्धि र भुँईमान्छेको आर्थिक अवस्थालाई समान्ता रुपमा अगाडी बढाउनको लागि पनि काम गर्ने कारणले गर्दा नेकपा एमालेको एजेण्डा हुन्छ । अहिले नेकपा एमालेले फरक केही गर्न खोज्या छैन । भएको अवस्थामा त्यहीको समस्यालाई पहिचान गरेर अगाडी बढाउने जुन एउटा अभियान चलाको छ । त्यसकारण कतिवटा दल छ त्यो पनि मलाई थाहा छैन । गठबन्धनमा कोको मिलेको छ । त्यो पनि मलाई थाहा छैन । म नेकपा एमालेको प्रतिनिधि पात्रको रुपमा प्रदेशसभाको उम्मेदवारको रुपमा आको छु । म पार्टीको एउटा पात्र हुँ । मलाई पार्टीले अगाडी सारेको हो । सारा जनताले पार्टीलाई माया गरेको छ । हाम्रो अभियानमा सम्पूर्ण जनमानसहरु अगाडी बढेको छ । हामीले थेग्न साध्य जनलहर छ । यो नेकपा एमालेले गरेको सकारात्मक कामकै परिणामले गर्दा जनताहरु यसरी उत्साहित हुनुभएको छ । त्यसकारण मलाई त लाग्दैन गठबन्धन कता के छ भन्ने कुरो । हाम्रो जित सुनिश्चित छ । नेकपा एमाले अहिले जनताको मत लिएर जनताको विश्वास लिएर अघि बढेको छ । जनताले प्रदेश र संघ दुवैमा एमालेको सरकार चाहेको स्पष्ट रुपमा देख्न सकिन्छ ।

देशमा एमाले सरकारको आवश्यकता कसरी देख्नुभयो ? जनताले किन एमालेकै सरकार चाहेका छन् ?

—नेकपा एमाले भनेको गरिबको पार्टी हो । दलितको पार्टी हो । महिलाको पार्टी हो । निमुखको पार्टी हो । परिवर्तनकारी पार्टी हो । निश्पक्ष ढंंगले अगाडी बढाएर जनताका मागलाई सम्बोधन गर्ने र जनताप्रति उतरदायी भएको पार्टी भएकै कारणले गर्दा नेकपा एमाले यो देशमा आवश्यकता छ । अहिले यो देशमा अधिकांश जनसंख्या जुन एमालेले सम्बोधन गर्न खोजेको जुन समुदाय छ, त्यो समुदायको संख्या बढी छ । त्यसको लागि पनि नेकपा एमालेले काम गर्नुपर्ने भएको हुनाले यो देशमा एमालेको आवश्यकता छ ।

मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ ?

—सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्न चाहान्छु, नेकपा एमाले तपाईहरुको घरदैलोमा आउँदैछ । तपाईहरुले यति माया गर्दिनुभको छ । यो माया र विश्वासलाई र अहिले भईरहेको अवस्थालाई तपाईहरु सम्पूर्णले मंसिर ४ गतेसम्म थेगदिनु होला । पार्टीलाई माया गर्दिनुहोला । तपाईको अवस्थामा परिवर्तन ल्याउन सुर्यमा भोट हाल्दिनुहोला । नेकपा एमालेले सुखी नेपाली, समृद्ध नेपाल भनेर जुन एउटा सपना बोकेको छ, त्यो हामी सबैको लागि उपयुक्त हुने हुँदा त्यतिखेरसम्म दृढ संकल्पका साथ नेकपा एमालेलाई भोट हाल्ने र पार्टीलाई सरकारमा पु¥याउने विश्वास राखेर ४ गतेसम्म यो अवस्थालाई कायम राख्दिनलाई सबैमा अनुरोध गर्न चाहान्छु ।

Scroll to Top