प्रस्तुती : राजकरण महतो
तपाईंको पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वको मन्त्रीमण्डलभित्र राजा फाल्नेदेखि राजा ल्याउनेसम्म छन् । कसरी यो सरकार चल्छ ?
सरकार चलाउन सहज बाटो छैन । धेरै नै चुनौतीपूर्ण छ । प्रचण्डजीलाई यो अन्तिम परिक्षणको घडि हो । भरखरै कतारमा सम्पन्न वल्डकपमा जसरी प्रतिस्पर्धी भयो । यस्तो बेलामा जुन मेनखेलाडी हुन्छ नि त्यसले सपै ज्ञान, बुद्धि, क्षमता, जीवनभर गरेको अध्ययन सबै लगाउनु पर्छ । अहिले त यो सरकारको नेतृत्वलाई झन् द्वन्द व्यवस्थान चुनौतिको रुपमा थपिएको छ । विभिन्न सेक्टर, इन्टे«स्टका पार्टीहरु सरकारमा छन् । तिनीहरुको मागहरु छन् । त्यसलाई सम्बोधन पनि गर्नु पर्छ । नेतृत्वमा यस्ता समस्याहरुलाई व्यवस्थान र सम्बोधन गर्ने कला पनि चाहिन्छ । यसलाई कहिले मैले भन्ने गरेको छु विविधतामा एकता । विविध राजनीतिक विचार भएका व्यक्तिहरुलाई एकै ठाउँमा ल्याउँनु नै ठूलो चुनौती हो । यसलाई सम्बोधन र समाधान गर्नका लागि दुई, तीन कुरामा टेक्नु पर्छ ।
उहाँ(प्रधानमन्त्री)ले के के कुरामा टेकेर अघि बढ्नु पर्ने देख्नुहुन्छ ?
नम्बर– १, संविधान अनुसार सरकार सञ्चालन हुनुपर्छ । दोस्रो, समीकरणमा रहेका सबै पार्टीहरुको अध्यक्ष बसेर स्टेरिङ्ग कमिटि बनाउनु पर्छ । तेस्रो, प्रचण्डजी नेकपा माओवादीको अध्यक्ष हुनुहुन्छ ।तर, उहाँ नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले उहाँले आफ्नो पार्टीको कुरो कार्यान्वयन गर्ने कि संविधान प्रदत अधिकारलाई लिएर सातै वटा पार्टीहरुको बिचमा बन्ने साँझा कार्यक्रम बनाउने यस बिषयमा सोच्नु पर्छ । उहाँले पहिला संसदबाट विश्वासको मत लिनु पर्छ । त्यो संगै सबै दलको न्यूक्तम साझा कार्यक्रम बनाउने अनि मन्त्रीमण्डको निर्माण गरि सरकार चलाउनु पर्ने तिर सोध्नु पर्छ ।
प्रचण्डजी सरकार चलाउन के–के चुनौती छ ?
यो गठबन्धनलाई टिकाउन नै सबै भन्दा ठूलो चुनौती छ, काम गर्नुभन्दा पनि । संघीयता मान्ने, संघीयता नमान्ने । गणतन्त्र मान्ने, गणतन्त्र उल्टाउन खोज्ने । गणितमा यसलाई हामी हण्डे«ड एटिडिग्री भन्छौं । एक अर्काका विपरीत शक्तिलाई एक ठाउँमा ल्याएर सरकार संचालन गर्नु नै सबै भन्दा ठूलो चुनौती हो । चुनौतीको संग सगै प्रचण्डजीलाई ठूलो अवर पनि छ । दोस्रो संविधान सभाबाट संविधान लेखिसकेपछि हालै दोस्रो चुनाव भयो । यसले एउटा जग बसालिदिएको छ कि सबै जनाले यो संविधान मानेको छ । यसले गर्दा उहाँलाई सरकारमा रहेका सात दलको सरकार चलाउन अलि सहज हुन्छ ।
चुनौतीसंगै उहाँलाई अवसरहरु के–के हुन् ?
पहिलो अवसर, मुलुक अहिले तीन समस्याबाट ग्रस्ति छ । सुशासन पहिलो समस्या हो । देशमा व्याप्त भ्रष्ट्राचार छ । अनिमितता छ । जनताप्रति नेताहरु जिम्मेवार छैन । त्यसैले सरकारले सबै भन्दा पहिले सरकारले जनतामा सुशासनको प्रत्याभूति गराउनु पर्छ । दोस्रो, संघीयता कार्यान्वयनको चुनौति छ । यो सरकारमा एमालेका अध्यक्ष केपी ओलीको मुलभूमिका भएकोले संघीयता अनुसार संघ, प्रदेश र स्थानीय तह बिचको जुन अधिकारको बाँडफाँड र समन्वयकारी भूमिका पुरा गर्न चुनौति छ । तेस्रा पूर्वधार निमार्णका अधुराका । यसले गर्दा पूँजीगत खर्च कम भयो । विकासका कामहरु धेरै अवरुद्ध छन् । जसलाई उहाँ(प्रचण्ड)ले आफ्ै शिल्यान्यास गर्नुभएको थियो । जस्तो उहाँले दु्रत मार्गको शिलान्यास गर्नुभएको थियो । कहिले उहाँले हुलाकी राजमार्गको कुरो गर्नुहुन्छ । पूर्वधारमा सडक भयो । यातायात भो । जलविद्युत भयो । राष्ट्रिय प्राथमिकताका योजनाहरुको प्रगति धेरै तल छ । एउटा न्यून्तम स्तरमा पनि ती योजनाहरुलाई ल्याउनु ठूलो चुनौती हो ।
अरु अवसरहरु के के हुन् ?
चौथौं, शिक्षा र स्वास्थ्यलाई व्यवस्थित गर्नु । शिक्षा र स्वास्थ्य यति कहाली लाग्दो अवस्था छ । गरिबले अस्पताल उपचारको पैसा तिर्न नसकेर बन्धक बस्नु पर्ने राज्यसका पूर्व विशिष्ट व्यक्तिहरु जसको सम्पत्तिको कमी छैन । उनीहरुले राज्य कोषबाट करोडौं लिएर खर्च गरिरहेको छ । शिक्षाको अवस्था बेहाल छ । एक लाख २५ हजार युवा नो अबजेक्सन लेटर लिएर विदेशमा जाने । शिक्षा, स्वास्थ्य र रोजगार यो तीन्टै क्षेत्रमा सकारात्मक सन्देश दिएर काम गर्नु पर्छ । अब मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको वेथितिलाई थोरै भएपनि समाधान गर्न सम्बोधन गर्ने र यसै क्षेत्रमा काम गर्न सक्नु भयो भने प्रचण्डजीलाई ठूलो अवसर छ ।
यो अवसर प्राप्त गर्न सहयोगीहरु छन् त ?
त्यसका लागि उहाँसंग तीन कुरो छन् पहिलो कुरो, उहाँसंग आफ्नै जीवनको अनुभव छ । चुनौति देखिएको क्षेत्रमा उहाँलाई सहयोग गर्ने बौद्धिक र वैज्ञानिक जनसहयोगी समुदाय पनि छन् । पार्टीको महाधिवेशन भएको छ । पार्टीभित्रको विभागहरु पनि छन् । यि सबै पक्षहरुलाई उहाँले साथ लिएर अगाडि बढ्न सक्नुभयो उहाँका अगाडिका देखिएका चुनौतिहरु सजिलो पार गर्न सक्नुहुन्छ । थोरै सकारात्मक काम भयो भने पनि नेपाली जनताहरु खुशी हुन्छ । उदाहरणका लागि बिजुलीलाई हेर्नुस् । १८ घण्टा लोडसेटिङ्ग थियो । त्यो १० घण्टामा झर्दा पनि नेताहरु दंग परेको थियो । नेपालमा लोडसेटिङ्ग अन्त्य भएपछि त के– के न चमत्कार भयो भन्ने भएको थियो । त्यो काम त हाम्रो माओवादी पार्टीले गरेको हो । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वधार, सुशासन, भ्रटाचार निवारणमा सन्देश मात्र पनि दिन सकियो भने जनता खुशी हुन्छ ।
तर, नेताहरुले काम गर्नु भन्दा पनि भ्रष्टाचारमा लाग्छन् भन्ने आरोप लाग्दै आएको छ ? प्रधानमन्त्री प्रचण्डलाई यो आरोप लाग्दैन कसरी विश्वस्त हुने ?
हो, नेपालमा सधैं आरोप लाग्दै आएको छ कि नेताहरुले नीतिगत भ्रष्टाचार चाहीं नेताहरुले गर्यो । यो नीतिगत भ्रष्ट्राचारलाई प्रधानमन्त्रीजीले कमसेकम नियन्त्रण मात्रै गर्नसक्नु भयो भने मलाई लाग्छ तल आफै न्यूनीकरण हुँदै जान्छ । यसलाई हामीले रोक्न सक्दैनौं तर, नियन्त्रण र न्यूनीकरण गर्न सक्छौं ।
लामो संघर्षपछि माओवादी संसदीय राजनीतमा आयो । योसंगै प्रचण्डजीका सहयात्रीहरु छिनभिन्न हुनुभयो । जबकी पार्टी तलसम्म काम गर्ने कमिटि बन्न सकेको छैन । यो अवस्थामा माओवादी नेतृत्वको सरकार कसरी सफल हुन्छ ?
पार्टीको महादिवेशन भएको छ । एउटा नेतृत्व चयन गरिएको छ । पार्टीको विभागहरु चयन भएको छ । पार्टीका विभाग प्रमुखहरुलाई प्रधानमन्त्रीजीले बोलाएर पार्टी र सरकारको पक्षमा काम गर्न लगाउनु पर्छ । जहिले पनि सरकार कमजोर हुनुमा, सरकार ढल्नुमा बाह्य तत्व होइन् पार्टी र सरकार बिचको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि पार्टी सरकारमा गएपछि पार्टी र सरकार बिचको सम्बन्धलाई मिलाउनु, समन्वय गर्नु र सम्झदारी विकसित गर्नु आजको नेपालको राजनीतिमा सबै भन्दा ठूलो चुनौती देखा परेको छ ।
त्यसका लागि प्रचण्डजीले सरकारसंग कोडिनेट गर्नका लागि मुख्य राजनीतिक सल्लाहार राख्नु पर्छ । उसले पार्टीसंग हरेक विषयमा सल्लाह गर्नु पर्छ । मापदण्ड बनाएर सरकारी नियुक्ति(सानो तहदेखि राजदुतसम्म) गर्नु पर्छ । अहिले सबै भन्दा बढी असन्तुष्टि मान्छेहरुको राजनीतिक नियुक्तमा हुन्छ । नियमित प्रधानमन्त्रीज्यूले पार्टी नेताहरुसंग नियमित संवाद गर्नु पर्छ । जसले गर्दा सूचनाको आदानप्रदान भयो भने तल के भइरहेको छ भन्ने कुरासहितको उच्चित सल्लाह पनि दिन सक्छौं ।
तेस्रो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्न प्रचण्डजीलाई नै किन चाहाना राख्नु भयो ?
उहाँलाई के लाग्यो भने यस भन्दा अगाडि देउवासंग गठबन्धन गरे । त्यसपछि मैले प्रधानमन्त्री बन्ने एउटा मौका पाउँछु भन्ने थियो । उहाँले त्यो कुरा घुमाएर पनि भनिराख्नुभएको थियो । कहिले काहीँ तपाईं खेलाडी भएपछि गिभ मि ए चान्स (मलाई एउटा मौका देउ) भन्ने हुन्छ ।। उहाँले राजनीतिक रुपमा विभिन्न ठाउँमा प्रधानमन्त्री पदकै कारण गठबन्धन टुट्दैन भन्ने कुरा उहाँले पटक पटक भन्नुभयो ।तर, पटक पटक के पनि भन्नुभयो भने मलाई एकचोटी मुलुकले सरकारको नेतृत्व मौका पायो भने मैले केही नयाँ गरेर देखाउँछु । जुन मेरो लागि अन्तिम मौका हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन सत्ता गठबन्धन भत्काउन को बढी दोषी देखिए ?
जसरी खेलाडीलाई हुन्छ नि यो पेनाल्टी भयो भने कसले गोल हान्ने ? भन्दा खेरी खेलाडीलाई मैले गोल गरु भन्ने इच्छा त हुन्छ नि । प्रचण्डजीले त्यो इच्छा व्यक्त गर्नुभयो । देउवाजीले पुरा गर्न सक्नु भएन । ओलीजीले त्यो इच्छाका लागि मार्ग प्रसस्त गरिदिनुभयो । त्यो मौका प्रचण्डजीले पाउनुभयो । उहाँले गोल गर्नु भो भने राष्ट्र र अरुले सम्झिन्छ । अर्थात सुशासन, संघीयता, पूर्वधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी यो क्षेत्रमा काम गरेर जनतामा उत्साह जगाउनुभयो भने गोल गरेको बुझिन्छ । नत्र मौका पायो बल अर्कैतिर गयो भने प्रचण्डजी जनताबाट विश्वास गुमाउनुहुन्छ ।
जसरी अहिले विश्वभरी आर्थिक मन्दिको कुरो आइरहेको छ । नेपालमा पनि आर्थिक मन्दी भयो भने श्रीलंका जस्तो पनि हुन सक्छ हैं भन्ने पनि छ । सरकारी खर्च भइरहेको छैन । सरकारलाई कर्मचारीलाई तलब दिन समस्या परिरहेको छ । राजस्वमा धेरै ठूलो चुहावट छ । सरकारी बजेट खर्च गर्न सकिएको छैन । यी सबै पक्षलाई सम्बोधन गर्नुका लागि खेलमा गोल गर्ने मौका पाउनुभएको छ । गोल गर्नका लागि हरेक खेलाडीको क्षमता, अनुभव, इच्छाशक्ति, चाहिन्छ । खास गरेर अहिले भरखरै फुटबल भयो । फुटबलमा फलानो खेलाडि भन्ने बितिकै मान्छेमा चम्क, दमक हुन्छ । उसको जीवनले धेरै कला,ज्ञान र सीपहरुको प्रयोग गरेर गोल गर्नु हो ।
प्रधानामन्त्री प्रचण्डले ‘ओली प्रतिगमनकारी हो’ भन्दै निकै उछिटो काड्नुभयो । तर, अहिले ओलीजीकै मुख्य समर्थनमा उहाँ सरकारमा हुनुहुन्छ ?
देवाउजीसंग प्रचण्डजीको पहिलो दोस्ती थियो । पछि कटुतामा परिणत भयो । खास गरेर दुई चार दिन अघि नै प्रचण्डले एउटा सहमति कायम गरेर देउवाजीसंग प्रस्ताब गर्नु भएको थियो । देउवाजीलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद हामीसंग भयो भने प्रचण्डजीलाई आफ्नो पछि पछि हिडाउँला, सानो तीनो पद दिए । प्रचण्डजीले के देख्नुभयो भने मेरो औचित्य यति भन्दा बढी नहोला । त्यसमा पनि देउवालाई चाइलेन्ज गर्ने मान्छे ओली जी भए । बाहिर चाहीं के हल्ला छ भने एमालेलाई अन्तिम समयमा प्रचण्डजीलाई धोक्का दिन सक्छ भन्ने छ । तर, यो सरकार र यो गठबन्धन कुनै किसिमको दारार, असम्झदारीले टुट्यो भने सबै भन्दा बढी घाटा एमालेलाई हुन्छ । एमालेको नाममा बाहिरी हल्ला गरेर तरसाएको पनि हुन् सक्छ । जे भयो त्यो राम्रैका लागि भयो । कहिले काहीं भन्छौं नि कुच्चो लगाएर सफा गर्नु पर्ने फोहोर हावाले उडाइदियो ।
नयाँ पार्टीको संसद प्रवेशलाई कसरी लिनु भएको छ ?
अहिले मैले कम्युनिष्ट पार्टीहरुलाई प्रगतिशील मात्रै भनेको छु । परिवर्तनको मुद्दा लिएर उदाएको नयाँ पार्टीले समाज र युवामा नयाँ परिवर्तनको सन्देश र संकेत दिएको छ । अहिलेको राप्रपा कमल थापावाला राप्रपा होइन् जस्तो लाग्छ । राप्रपा अहिले अर्को कलेभरमा आएको जस्तो लाग्छ ।
कस्तो कलेभर ?
समाजको अरुलाई रपनि राप्रपाले लिएर डिहेको छ । हिजो पञ्चहरुलाई बढी साथ लिएर हिड्थियो । अहिले उदाएको जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी पूर्णरुपमा परिवर्तनकारी, स्थास्थितिलाई स्वीकार नगर्ने खालको छ । संविधानलाई स्वीकार गर्ने ।तर, काम गर्ने जुन पुरानो तोरतरीका छ त्यसलाई अस्वीकार गर्दै परिवर्तनकारी शक्तिको रुपमा आएको छ । जसपा र जनमत पार्टीमा अलि फरक ढंगको परिवर्तन भएको छ । संसदीय दलको नेता जसरी उपेन्द्र यादवबाट रामसहाय प्रसाद यादव आउनुभएको छ । सीके राउतजी पनि आफै सरकारमा नगएर आफ्नो प्रतिनिधि पठाउनुएको छ । उहाँले पार्टीबाट सरकारलाई बढी नियन्त्रित गर्ने रणनीति लिनुभएको छ । यो मानेमा भन्ने हो भने अहिलेको सरकार सप्तरंगी सरकार हो । कालो बादल लागेको बेला आकाशमा सप्तरंगी देखियो भने त्यसको शोभा बेग्लै हुन्छ । त्यसैले यो सरकार विविधतामा एकता पनि हो ।
रवी लामिछाने ६ महिनामै पार्टी गठन गरेर चुनाव मार्फत मन्त्रीमण्डलमा पुराना सिनियर नेताहरुको र्यांकमा पुग्नुभयो । अब यो सरकारमा पुराना नेताहरु सहजै जानुहुन्छ ?
विश्वका धेरै कुनामा धेरै कम उमेरमा मान्छेहरु राष्ट्रपति र प्रधानमन्त्री बनेका छन् । रवीजी त सरकारको चौथौं वरीयताक्रममा हुनुहुन्छ । भारतमा प्रधानमन्त्री नेरेन्द्र मोदीको सरकारमा काम गर्न राजनारायण सिंह गएको थियो । तपाईले आफ्नो परिस्थितमा एसएलसीमा बोर्ड फस्ट हुनुभयो । आईएसीमा पुग्दा तपाई सेकेण्ड हुनुभयो । सेकेण्ड डीभीजनवालाले अब उहिले एसएलसीमा बोर्ड फस्ट भएको थिए भनेर कहाँ हुन्छ । जीवन र राजनीतिको दौडमा जो मान्छे पछाडि पर्यो भने स्वीकार गर्नु पर्छ कि म पछाडि छु कि त रेस छोडेर अर्को खेलका लागि तयारी गर्नु पर्यो । या यसैमा हो भने स्वीकार गरेर अगाडि बढ्नु पर्यो ।
नेताहरु स्वीकार गर्ला जस्तो लाग्छ ?
स्वीकार गरेन भने जुनियर नेता जान्छ । अहिले टटकारो प्रश्न नारायणकाजी श्रेष्ठको बिषयमा बाहिर आएको छ । हिजो नेकपा हुँदा नारायणकाजी अर्थमन्त्री बिष्णु पौडेलजी भन्दा माथि हाइरिकामा हुनुहुनथ्यो । तर, अहिले त प्रधानमन्त्रीपछि विष्णुजी, विष्णुजीपछि नारायणकाजीज्यू, र चौथौमा रवी छामिछानेजी हुनुहुन्छ । नारायणकाजीले विष्णु पौडेललाई स्वीकार गर्नु पर्यो कि मन्त्रीमण्ड छोड्नु पर्यो । कुनै पनि नेता अब सरकारलेमा जान्छ भने अहिलेको सरकारमा भएका नेताहरुको पोजिसन थाहा पाउनुपर्छ ।
सरकारमा रहेका पार्टीहरु बिच पावरसेयेरिङ कसरी हुन्छ ?
मोटामोटी राष्ट्रपति र सभामुख एमालेले लिन्छ । यसमा प्रचण्डजीले सहमति जनाइसक्नु भएको छ । उपराष्ट्रपति र उपसभामुख, प्रदेश प्रमुख , मुख्यमन्त्री लगायतको बारेमा त्यति बलियोसंग कुरो भएको छैन । सुदुरपश्चिम र कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले लिन्छ जस्तो सम्भावना छ ।
यि पदहरुका क कसले दावी गरिरहेको छ ?
विभिन्न पार्टीहरुले दावी गर्नु र एउटा सहमतिमा पुग्नु अलग कुरो हो । पार्टीका नेताहरु सहमतिमै टुंग्यानुहुन्छ । नेताहरु कुनै नीतिगत वा कुनै फर्मुल्ला निकाल्नुहुन्छ । मिलाउनुहुन्छ । सातै प्रदेशमा पार्टीहरुले प्राप्त गरेको सीट संख्याको आधार मिलाउँछन् या नीतिगत सहमति हुन्छ । कुनै मापदण्ड बन्छ ।
माओवादीका पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर सरकारमा हुनुहन्छ । अब पार्टी कसरी चल्छ ? प्रदेश, जिल्ला स्थानीय तहमा पार्टीको संरचना खडा हुन सकेको छैन ?
अहिलेसम्म बढी एक्ले पार्टी अध्यक्षले हेरिराख्नुभएको थियो । अहिले धेरै प्रदेशहरु प्रदेश समितिहरु बनिसकेको छ । पार्टी महासचिव देव गुरुङले दैनिक काम काज हेर्ने सुरु गर्नुभएको छ । संगठन विभागको बैठक पनि पौष १७ गते राखिएको छ । पार्टीको विधानसम्बत रुपमा पार्टीको विभागको जिम्मेवारीहरु बाँडफाट गर्ने काम बाँकी छ ।
पार्टी अध्यक्षले सरकार र पार्टीको नेतृत्व दुवै आफैले गर्नुहुन्छ कि सरकारको नतृत्वमा रहेसम्म अरुलाई पार्टीको जिम्मा दिनुहुन्छ ?
अहिलेसम्म प्रचण्डजी सरकारको नेतृत्वमा हँुदाखेरी पार्टीको नेतृत्व अरुलाई दिनुभएको छैन । तर, अहिले उहाँले के सोच्दै हुनुहुन्छ । त्यो बारे थाहा छैन ।
पार्टीका नेताहरुको तर्फबाट पार्टी संचालनको बिषयमा उहाँलाई के छ सुझाव ?
मेरो सल्लाह त के छ भने पार्टीका अध्यक्ष र वरिष्ठ उपाध्य दुवै जना सरकारमा जानु भएको छ । समान्यतया पहिलो व्यक्ति सरकारमा गयो भने दोस्रो व्यक्तिलाई जिम्मेवारी दिए हुनथ्यो । अब पार्टीको पावर विकेन्द्रीकृत गर्नु पर्छ । प्रदेशस्तरबाटै प्रदेश तहमा पार्टी सञ्चालन हुनुपर्छ । केन्द्रीय समितिको नियमित बैठक गरेर पार्टी महासचिवलाई केन्द्रीय कार्यालय प्रमुख बनाएर काम बढाउनु पर्छ । धेरै साथीहरु चुनाव लड्नुभयो या चुनावमा हार्नुभयो । ती साथीहरुलाई कार्यकारणी भूमिका दिनु पर्छ । उहाँहरु अनुभवी साथीहरु हुनुहुन्छ । सरकार पनि चलाएको र पार्टी पनि चलाएको अनुभव छ ।
यसका लागि पार्टी अध्यक्षले के गर्नु पर्छ ?
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डजीले एक पटक गम्भीरतापूर्वक बसे पार्टीको काम अगाडि बढाउन नयाँ जिम्मेवारी दिनु पर्छ । सरकारमा नजानेहरुलाई मुल रुपमा पार्टीको जिम्मेवारी दिनु पर्छ । संसद र सरकारमा जाने मान्छेले पार्टीको तर्फबाट संसदमा पनि एजेण्डा दिनुपर्छ । विपक्षीलाई सिर्जानात्मक रुपमा विश्वासमा लिनुपर्छ । र संसदबाट पहलकदमी अगाडि बढाउनु पर्छ । यस्तो बेलामा सरकारमा रहेकाहरुले बढी भन्दा बढी संसद र सरकार बाहिर रहेका नेताहरलाई जिम्मेवारी दिनुभयो भने त्यो चाही राम्रो हुन्छ ।
यसअघिको पार्टी बैठकमा प्रचण्डजीले खुमलटारबाट सर्छु भन्नु पनि भएको थियो । के उहाँ परिवारैसहित खुमलटार छोड्नुहुन्छ ?
मैले त प्रचण्डजीलाई धेरै पहिला भनेको थिए । यो घरमा नबस्नुस् । तपाईं बस्ने भए पार्टी कार्यालयमै बस्नुस् । धेरै नेताहरु पार्टी कार्यायलमा बसेर जीवन बिताउँछ ।नेताहरुको बोली भन्दा नेताको जीवनशैली बढी जनताले हेर्छ । त्यसैले प्रचण्ड परिवार खुमलटार बस्नु ठीक होइन् । उहाँले खुमलटार पूर्णरुपमा छाडेको उहाँका लागि पार्टीका लागि राम्रो र कहिले काहीँ देशको लागि पनि राम्रो हुन्छ ।
प्रधानमन्त्री प्रचण्डजीको विदेश भ्रमण कहाँबाट सुरुहुन्छ ?
उहाँले त आफै भारतबाट भ्रमण सुरु गर्ने बताइसक्नुभएको छ । चलन पनि यहि हो । दुवै छिमेकी राष्ट्रसंग राम्रै सम्बन्ध स्थापित गर्नुहुन्छ । उहाँ प्रधानमन्त्री भएको भोलिपल्ट नै उत्तरबाट निर्यात खुल्यो, दक्षिणमा निर्यात थपियो । भनेपछि दुवै छिमेकी देशले कुटनीतिक भाषमा भन्यो भने म तपाईंलाई सहयोग गर्नका लागि तयारी छु । तर, बल इज इन योर कोर्ट भन्छ । नेपालले दुवै देशसंग आर्थिक कुटनीतिलाई अगामी दिनमा कसरी अगाडी बढाउँछ । त्यो चाही हेर्ने बिषय बाँकी छ ।
अन्त्यमा तपाई के भन्नुहन्छ ?
आम जनतालाई के भन्छु अहिलेको संसद बहुत तरल किसिमको छ । सरकारका पनि धेरै पार्टीको मिक्स बनेको छ । अहिलेको अवस्थामा हामी धेरै आकांक्षी नभएर सरकार संसदलाई सबैले सहयोग पनि गरौं । र सरकारलाई सचेत पनि गराऔं । आम नेपाली समाजले यो सरकारलाई सचेत पनि गराउनु पर्छ । सहयोगको हात पनि फैलाउनुस् । यो सरकारलाई चाहीं सफल बनायो भने एक किसिमको नयाँ सन्देश जान्छ ।