जंगलमा अधवैसे पुरुषको शव फेला

File Photo

बिर्तामोड, माघ ६ गते ।

इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक वनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । 

दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिए ।

अधवैसे उमेरका ती व्याक्तिको शवको पहिचान भएको छैन । प्रहरी निरीक्षक  खड्काका अनुसार ती व्यक्तिको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर११ को पानी ट्यांकीदेखि २ किलोमिटर उत्तर जंगलको खोल्सामा शब फेला परेको हो ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार