—शंकर महतो
सडकदेखि सदनसम्म एउटा हल्ला फैलिएको छ, प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोईरी हत्यारा हो ।
सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर कुटीकुटी मार्ने अपराधी हो । यि र यस्ता कयौं आरोपमाथि आरोप लगाएर उहाँलाई कसले कति बदना बदनाम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । सत्यतालाई पाखा लगाएर भ्रमको खेती गरिदैं छ । महोत्तरी क्षेत्र नम्बर १ का सांसद् महतोलाई पूर्वप्रहरी प्रमुख, नेता र मिडियाले नै हत्यारा घोषित गरिरहेका छन् । यसका लागि त केही पत्रकार र मिडियाले मिसन नै चलाएका छन् ।
खैर जे होस् उहाँमाथि मधेश आन्दोलनको क्रममा तत्कालिन सरकारले मुद्दा चलाएको थियो । जुन अदालतमा विचाराधिन अवस्थामै छ । अदालतको भाषामा सांसद महतो फरार अभियुक्त हुन् । अधिकार खोज्दाँ जहिले पनि सरकारले आन्दोलनकारी र नेतृत्व गर्ने नेतालाई गोली दाग्ने र मुद्दा लगाएर जेलमा कोंच्ने रितिनै छ । यो परम्पराको शिकार संसद लक्ष्मी महतो पनि बनेका छन् ।
उत्पिडन, बिभेद, स्वतन्त्रता, पहिचान र आफ्नो शासन आफ्नो प्रसाशनको मुद्दामा बर्षाैं देखि तराई मधेसमा आन्दोलन चलिरहेको छ । जुन आन्दोलन २०७२ सालमा ६ महिना चलेको थियो । लक्ष्मी महतोले महोत्तरीमा मधेस आन्दोलनको नेतृत्व गरेका थिए । नागरिकको अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनको नेतृत्व गर्नु अपराध थियोे ? बहसको बिषय बनेको छ ।
प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र हासिल गर्न मधेसीको महत्त्वपूर्ण भुमिका रह्यो । उत्पिडन र बिभेदको मुद्दा बोकेर विभिन्न पार्टीहरु बने । यहि नारा बोकेका भरमा विभिन्न कालखण्डमा विभिन्न ब्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत थुप्रै सरकारि सुबिधाहरु हासिल गरे। तर बास्तवमा विवेचना गरि हेर्ने हो भने, सिङ्गो मधेस हाल सम्म ठगिकै सिकार भएको छ । यस्तैबाट उन्मुक्ति पाउन संविधानमा आफ्नोे हक–अधिकार र पहिचान संरक्षित गर्ने उदेश्यले २०७२ भदौ महिनाबाट तराई–मधेसमा आन्दोलन उठ्यो । भदौ ७ गते कैलालीको टिकापुरको मधेसी–थारु आन्दोलनमा सुरक्षा कर्मीको अविवेकिय कार्यशैलीका कारण सुरक्षा कर्मी र सुरक्षा कर्मीको गोलिबाट करुणाका पात्र अबोध बालकको मृत्यु भयो । शान्तिपूर्ण आन्दोलन सशक्त हुँदै गयो । भदौ २३ गतेबाट सुरक्षाकर्मीले फायर खोल्यो ।
जस अन्तर्गत जलेश्वरमा वे–कसुर मजदुर अमित कापडिलाई सदा पोसाकको प्रहरीले गोली हाने । घटना स्तलमै मृत्युु भयो । भदौ २३ गते गणित बिषयका शिक्षक बिरेन्द्रकुमार बिच्छा चापाकलमा पानी खाइरहेका बखत सादा पोसाकका प्रहरीले गोली हान्यो । उनी पनि मृत्यु भयो । भदौ २३ गते रामविवेककुमार यादव बाटोमा हिडिरहेका थिए । सादा पोसाकका प्रहरीले टाउकोमा गोली प्रहार गरि हत्या गरे । भदौ २५ गते निर्दाेष ७० वर्षिय पत्रकार गणेश चौधरीसाइकलमा सबार घरतिर गइरहेका बेला प्रहरीले अन्धाधुन्ध गोलि बर्षाउँदा गोलि लागेर मृत्युु भयो । कक्षा १० बिद्यार्थी रोहन प्रसाद चौधरीलाई प्रहरीले छातिमा निसाना लगाइ गोलि ठोके । रामशिला मण्डल आफ्नै घरमा भाडाकुडा धुइरहेको बखतमा पुलिसको अन्धाधुन्ध गोली बर्षामा परि मृत्युु भयो । मण्डलसंगै रहेको साथि शैलदेबि चौधरीको तिघ्रामा गोली लागेर अपांग भयो । २०७२÷ भदौ २५गते बिहान सम्म जलेश्वरमा स्थानीय ६ जनाको मृत्यु भइसकेको थियो । जसले सुरक्षाकर्मीको अमानवीय र दानबिय ब्यवहारको पराकाठा देखाइरहेको थियो ।
सादा पोसाकमा आन्दोलनकर्मीहरु बिरुद्धमा सुराकी र निर्दाेष नागरिकलाई गोलि ठोक्ने कार्यमा संलग्न रहेको कारण शसस्त्र प्रहरीका असई थमन बि.क. लगायत सुरक्षा कर्मी माथि सिङ्गो जलेश्वर अत्यन्तै आक्रोशित थियो । यहि समयमा असई थमन बि.क. सादा भेषमा जलेश्वर मन्दिर तर्फ सुराकी गर्न एक्लै गइरहेको देखेर शोकाकुल तथा आक्रोशित भिडले लखेटेर कुटपिट गरेर शख्त घाइते बनायो । जलेश्वर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर लैजानुपर्ने भयो । आक्रोशित माहोलमा सुरक्षा घेरामा राखेर लानुपर्ने अवस्थामा एम्बुलेन्स चालकसंग घाइते बिरामी मात्रै पठाइनु पुलिस अफिसरको गैर जिम्मेवारपुर्ण ब्यहवार थियो । उक्त स्थानमा आन्दोलनको जिम्मा लिएको मधेस केन्द्रीत नेताहरुको अविवेकपुर्ण तथा मानवताविरोधी गतिविधिका कारणले असइ थमन बि.क. को मृत्युु भयो ।
घटनास्थल र त्यसको वरपर रहेको कुनै प्रमाण नभेटिएको एवं महोत्तरी जिल्लाको उत्तरी भेगमा भईरहेको आन्दोलनको मात्र कमान्ड गरेका लक्ष्मि महतोलाई पनि बिनाकुनै प्रमाण बिनाकुनै कसुर उक्त मुद्दामा राजनीतिक इष्र्याका कारणले मुछियो । लगभग आन्दोलनका जानकार सवैलाई यो बिषयको सत्य तथ्य अवगत नै छ । तर हत्या हिंसाकै राजनीतिक लडाइँबाट आजसम्म प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, मन्त्रीहरु बनाइसकेका पार्टीका नेता, कार्यकर्ताहरुले एउटा समाजिक ब्यक्तित्व तथा सांसद लक्ष्मी महतोलाई अनाहकमा खुनखार हत्यारा घोषणा गर्नु दुःख्द बिषय हो । २०५४ सालमा निर्वाचित निगौल गा.वि.स. को अध्यक्ष हुँदा सांसद् महतो समाजिक बिकासमा जिविस बाट पुरस्कृत भएका थिए । २०७९ को आम निर्वाचन भन्दा अगाडिको सरकारले उहाँलाई प्रवलजनसेवा श्री राष्ट्रिय सम्मान दिने भनेर सरकारी निर्णय भएको थियो ।
जनतामाझ दानवीरको उपनाम पाएका एउटा जननिर्वाचित संसद लक्ष्मी महतो लगायत आन्दोलनका रेसम चौधरी जस्ता नेता कार्यकर्ता, शहिद, आन्दोलनका घाइते–अपांगहरु र उनलाई मतदान गर्ने कार्य असह्य बन्दै गएको छ । बहुसंख्यक जनताको मान–मर्दन हुनेगरी महतोलाई खुनखार अपराधिको संज्ञा दिदै समाजिक संजाल तथा आफ्नो नजिकको मिडिया मार्फत जुन ढंगको मत–अभिमत प्रस्तुत गरिदैछ त्यसले हिजो आफैले अप्नाएको क्रान्तिका बाटो र शसस्त्र आन्दोलनमा सहिद, बेपत्ता घाइते–अपांग र मुद्दामा मुछिएर घर–वेघर भएकाको परिवारमाथि अन्याय भइरहेको छ ।साथै लामो समय देखि असमान्ता र शासकीय उत्पिडित मधेस भुगोलका समुदायहरुको मुक्ति आन्दोलनको अपमान गरेको ठहरिदैन्न र ?
वि.सं. १९९५ बाट प्रजातान्त्रिक आन्दोलन सुरु भयो । बलिदानीको शृंखाल १९९७ बाट सुरु भयो । २०१७ साल पछिको पन्चायत बिरोधि आन्दोलन उत्कर्षमा पुग्यो । देश वर्षे जनयुद्धमा १७ हजारले मृत्यु भयो । ०६२÷६३ पनि जनआन्दोलन चर्कियो । जुन आन्दोलनको बलमा राजतन्त्र ढल्यो । यसका लागि १९ जनाले शहादत दिए । त्यसयताको अधिकारवादी मधेश अन्दोलनमा सय बढी नागरिकले जीवन आहुती दिइसका छन् । जनआन्दोलन र त्यसअघि विभिन्न आन्दोलनलाई जायज ठान्ने र मधेश आन्दोलनलाई नाजायज साबित गर्ने गरि व्याख्या गरिदैछ । यसो हो भने हाल सम्म उत्पिडित भुगोल र समुदायलाई प्रयोग मात्र गरेको ठहरिने छ । २१औं शताब्दीमा पनि नश्लिय चिन्तनबाट ग्रसित भएको बुझिने छ । अतः राजनीतिक बिषय राजनीति ढंग र शैलीमा छलफल एवं बहस गरौं।
महोत्तरी क्षेत्र नं.–१ का जनताले आफ्नो निजी परिवार र सम्पत्तिको कुनै प्रवाह नगरी मानव मुक्ति यात्रामा जीवन अर्पण गर्न सक्ने भुमिपुत्र संसद लक्ष्मी महतो लाई निर्वाचित गरि गौरवान्वित महसुस गरेका छन्। जसले जिवनभर उत्पिडित वर्ग र समुदायको पक्षमा तन, मन, धन समर्पण गरेर जनताको सुख–दुखको साथी बने । उहाँलाई संसद बनाए बापत जनता किन पछुताउने ? सत्यको पक्षमा लड्नेहरु प्रारम्भमा केही दुखः पाउँछन् । सगरमाथाझैं अटल रहेर भ्रमका जाल चिर्दै लक्ष्य तर्फ अग्रसर भइरहे उद्देश्य एकदिन अवश्य पुरा हुन्छ ।