मधेश प्रदेशका नीति योजना आयोगका उपाध्यक्ष डा. झाद्वारा राजीनामा

अजय कुमार झा

जनकपुरधाम, माघ १८ गते ।

मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पदबाट राजीनामा दिएपछि उक्त पद आजबाट रिक्त भएको छ ।

सरकार परिवर्तन भएपछि नयाँ मुख्यमन्त्रीलाई काम गर्नमा सहजता होस् भन्नका लागि डा. झाले राजीनामा दिएपछि पद रिक्त भएको छ ।

२०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त हुनु भएका झा चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको जानकारी दिनु भएको छ ।

यसअघि रहेका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले हटाएर डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापन गरेर सेवा निवृत्त हुनु भएका डा. झा अर्थशास्त्र विषयमा प्रतिष्ठित विद्वान रहनु भएको छ ।

स्पष्ट शोच तथा विचार राख्ने डा.झा प्रदेशमा सुशासन तथा विकासका पक्षमा पदमा बहाल रहुन्जेल निरन्तर रुपमा सक्रिय रहनु भएको थियो ।

उहाँको कार्यकालमा प्रदेशका विभिन्न सूचकको अवस्था सहितका विषयमा पुस्तकहरू पनि नीति तथा योजना आयोगबाट प्रकाशित भइसकेका छन् ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार