मन्दिर अगाडिको सडकमा यातायात खुला गर्ने माग अदालतद्वारा खारेज

ध्रुव अधिकारी

वीरगंज, माघ १८ गते ।

वीरगंजको ऐतिहासिक गहवामाई मन्दिर अगाडिको सडक यातायात सञ्चालनका लागि खुला गर्ने माग सहित उच्च अदालत बीरगंजमा परेको रिट निवेदन अदालतले खारेज गरि दिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले रिट खारेज गर्दै महानगरपालिकाको पक्षमा आदेश दिएपछि गहवामाई मन्दिर अगाडि सवारी साधन आवतजावत गर्न पाउने नपाउने विवाद अब सधैँको लागि अन्त्य भएको छ ।

न्यायाधीशद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भट्टको इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यीकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई विपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

साहले गएको माघ १० गते निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । दुवै पक्षको बहस पछि मङ्गलवार अदालतले महानगरको पक्षमा आदेश दिएको हो ।

वीरगंज महानगरपालिकाले माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सौन्दर्यीकरणको काम गरिरहेको छ ।

महानगरले मन्दिर अगाडीको सडक तथा दायाँबायाँ सडकमा पेभर्स लगाउने काम सकाएको छ भने विद्युतीकरण र गार्डेनिङको काम अघि बढाउन लागेको छ ।

नगर सौन्दर्यको बिरोध गर्नेहरूले काम हुन नदिन षड्यन्त्र गरे पनि अदालतले महानगरको पक्षमा आदेश दिएसँगै उनीहरूको षड्यन्त्र फेल भएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार