प्रभुको साथ चौधरीले छाडे

जनकपुरधाम, माघ २० गते ।

प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरी केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ ९क०बाट निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह र ३ ९क०बाट चौधरी निर्वाचित भएका हुन् । एमालेबाट टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

साहकै टिमबाट चौधरी, कुन्दन कुश्वाहाले मनोनयन दर्ता गरेका थिए । तर, कुश्वाहा पराजित भए । निर्वाचनको परिणाम सार्वजनिक भएपछि साहको नेतृत्वमा गठन भएको आमजनता पार्टीमा कुश्वाहा विभागीय संगठन प्रमुखको जिम्मेवारी पाउँदा चौधरी केन्द्रीय सदस्य बनेका थिए । 

अन्ततः चौधरी शुक्रबार एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिएर चौधरीले प्रभु साहको साथ छाडेका हुन् ।