जनकपुर यातायात कार्यालयबाट बिचौलिया पक्राउ 

द पब्लिक टुडे
ढल्केवर, माघ २० गते ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक बिचौलियालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-४ वस्ने ३० वर्षीय आदित्य यादव रहेका छन् ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सुचनाको अधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।

शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसंग वार्गेनिङ गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्ने जनकपुरधाम उपमहानगरपालिका-१२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साहलाई पक्राउ गरेकाे थियाे ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार