टर्की भुकम्पमा परी गोलकिपर तुर्कास्लानको निधन

इस्तानबुल , माघ २५ गते ।

टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ । 

तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।

टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन ।

ुहाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परि ज्यान गुमाएका छन, क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ुहार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए । न्युज कारखाना

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार