बाक्लो हिउँ र बर्षाले टर्की भुकम्पको उद्धारमा कठिनाई

इस्तानबुल, माघ २५ गते ।

भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ ।

सोमवार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको हो ।

यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका छन । 
 
टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको गृहमन्त्री सोयलुको भनाई छ । यद्धपी उद्धार र खोज कार्यलाई भने निरन्तर दिईरहेको छ । टर्की भुकम्पमा सहयोग गर्न आएका बिदेशी उद्धारकर्तासँग पनि समन्वय गरी खोजी कार्य जारी राखेको जनाएको छ । 

टर्की सरकारले परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । उनीहरुलाई खाली चौरमा बसेर नजिक रहेका फेला परेका कपडाहरुले हिउँ र बर्षाको सामना गर्न अनुरोध गरेको छ । 

सिरिया र टर्की आएको भुकम्पमा ज्यान गुमाउनेहरुको संख्या ७ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । विश्व स्वास्थ्य संगठनले यो संख्या झन्डै २० हजार हुने अनुमान गरेर खोजी र उद्धार कार्यमा जोड दिएको छ । सम्भावित महामारीका लागि विश्व स्वास्थ्य संगठनले टर्कीस र सिरियाको सरकारसँग समन्वय गरेर औषधिजन्य तथा अन्य उपायहरुमा काम गरिरहेको जनाएको छ । 

यो शताब्दी कै सबैभन्दा धनजन क्षति गराएको उक्त भुकम्पका कारण सिरिया र टर्कीका लाखौं मानिस घरबार बिहिन भएका छन । न्युज कारखाना