प्रदेश सरकारविरुद्ध नाराबाजी (फोटो फिचर)

विराटनगर, फागुन १७ गते ।

प्रदेश १ को नाम पहिचानविपरीत भएको भन्दै सडक आन्दोलन शुरु गरिएको छ।

लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन्।

किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा समाजवादी र जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए। बहुमतले त्यो नाम अस्वीकृत भएको थियो।

पहिचानवादी एक हौँ, मुख्य मन्त्री हिक्मत कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौँ लगायतका नारा लगाएर उनीहरूले विरोध गरिरहेका छन्। शान्ति सुरक्षा कडा बनाइएको छ। प्रदेशसभा आसपासमा कर्फ्यु लगाइएको छ भने नाम राख्ने बैठक भने चलिरहेको छ।