औरही : मोटरसाईकल दुर्घटनामा दुईजना घाईते

File Photo

निरुता चौधरी
गौशाला, फागुण २१ गते ।

महोत्तरीको औरहीमा मोटरसाईकल दुर्घटनामा दुई जना घाईते भएका छन् ।

शुक्रवार बर्दिबास–जलेश्वर सडक खण्ड अन्तरगत बर्दिबासबाट जलेश्वर तर्फ जाँदै गरेको ज ५ प ८७५२ नम्बरको मोटरसाईकलले औरही–१ स्थित बालकलाई ठक्कर दिंदा सोही स्थान बस्ने समसुल अंसारीको अन्दाजी ६ वर्षिय छोरा रहमत अंसारी घाईते भएको महोत्तरी प्रहरीले जनाएको छ ।

यस्तै, सोही मोटरसाईकलको पछाडि सवारसोनमा गाउँपालिका–८ सिंहासनीका ५० की गोलिया देवी यादव समेत घाइते भएकी छिन् ।

घाईते बालक र मोटरसाईकलमा सवार यादवलाई उपचारको लागि जनकपुर पठाईएको, मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार