महोत्तरी : अबैध कुखुराको मासु नष्ट

द पब्लिक टुडे
गौशाला, फागुन २१ गते ।

महोत्तरीमा भारतबाट अबैध रुपमा ल्याउदै गरेका कुखुराको मासु नष्ट गरिएको छ ।

शुकरबार राती करीब ११ बजे जलेश्वर नगरपालिका–८ बजराहि र मनिपालको बीचबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी गस्ती टोलिले करीब १५० किलो कुखुराको तयारी मासु नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार प्रकाउ गरिएको कुखुराको मासु स्थानिय भद्र–भलादमीहरुको रोहवरमा रातु खोलामा खाल्डो खनि गाडिएको छ ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार