महोत्तरी : टिपरको ठक्करबाट एकको ज्यान गयो

File Photo

निरुता चौधरी
गौशाला, फागुन २१ गते ।

महोत्तरीमा टिपरको ठकरबाट एक जनाको ज्यान गएको छ ।

शुकरवार जिल्ला लोहारपट्टी नगरपालिका–८ भ्रमरपुरमा पडौलबाट जनकपुर तर्फ जादैँ गरेको ना ०८ ख २०५४ नम्बरको टिफरले सोहि दिशाबाट आउदैँ गरेको ज ०८ प ६८६० नम्बरको मोटरसाईकललाई ठक्कर धनुषा जनकपुरधाम उपमहानगरपालिका–१७, औसराका २८ वर्षिय धिरेन्द्र पासवानको ज्यान गएको महोत्तरी प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाईते पासवानलाई उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक संतोष कुमार पोखरेलले बताए ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

Scroll to Top