ओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीको दुःख व्यक्त

काठमाडौँ, फागुन २१ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिएको छ ।

ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले भनिएको छ, “मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीव्र्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।” रासस