लागुऔषधसहित ६ जना पक्राउ

File Photo

काठमाडौ‌ँ, फागुन २१ गते ।

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकै कोहलपुर नगरपालिका–१० बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगंज उपमहानगरपालिका–१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित  पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका–१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–१ तरकारी बजार नजिक किराना पसल संचालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्रामसहितप्रहरीले पक्राउ गरेको छ । उनले लागुऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । न्युज कारखाना

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार