‘श्रीमान्‌काे कुटाइको दाग लुकाउन पनि मेकअप गर्नुपर्छ’

एजेन्सी : ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस हो । संयोगले दुई दिनअघि एक जना चर्चित र सफल महिला उद्यमीले महिला दिवसमा आफ्नो विचार व्यक्त गरेको सुनेँ ।

प्रश्नको जवाफमा उनले प्रश्न गरिन् – के हामी अन्तर्राष्ट्रिय मेन्स डे पनि मनाउँछौ ? के हामी पुरुष हुनुको उत्सव मनाउँछौ । यदि पुरुषका लागि यस्तो कुनै दिन छैन भने महिलालाई किन चाहियो ? अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको अर्थ हामीले महिलालाई कमजोर र पिछडिएको ठान्नुपर्छ भन्ने हो ।

उनको भनाइमा धेरै ताली बज्यो र चाखलाग्दो कुरा यो थियो कि ताली बजाउने अधिकांश पुरुष थिए । महिलाहरू अलिकति अलमलमा परे, अलिकति हिचकिचाए, कुन पक्षमा बस्ने भनेर बुझ्न सकेनन् । ती पुरुष तर्फ, जसले यो मानिरहेका छन् कि महिलाले सबै अधिकार र बराबरी पाइसकेका छन् वा त्यो तथ्यतर्फ जुन उनको जीवनको वास्तविकता हो । 

एक्लै छोडिने डरले, कमजोर ठानिन्छ कि भन्ने डरले, समूहमा समावेश गरिँदैन कि भन्ने डरले आखिर उनीहरू सबैले पनि ताली बजाउन थाले । तर ताली बजाउँदै गर्दा उनीहरूको सोचिरहेका थिए कि उनीहरू कहिले र कसरी सयौँ वर्षको पछ्यौटेपनको चङ्गुलबाट छुटेर पुरुषको बराबरीमा उभ्याइयो ?

किनभने सत्य यो हो कि तीमध्ये ८० प्रतिशत महिलाले आफ्नो बाबुको सम्पत्तिको कुनै हिस्सा पाएका छैनन् । सबै जग्गा, घर, बैङ्क ब्यालेन्स र पारिवारिक व्यवसायको उत्तराधिकारी उनीहरूका दाजु भाइ नै रहे । (यदि शङ्का छ भने, जग्गा र सम्पत्ति अभिलेखको डाटा जाँच गर्नुहोस् ।)

वर्षौँसम्म काम गरेर कार्यालयमा राम्रो काम गर्दा पनि उनी प्रमुख, सिइओ, सम्पादक बन्न सकेकी छैनन् । नेतृत्वको भूमिका सधैँ पुरुषको थियो र आज पनि छ ।

महिलाले घरबाहिर काम गरेर घरको अर्थतन्त्रमा योगदान दिन थाले तर घरको काम, बालबच्चाको हेरचाह र केयर गिभिङको जिम्मेवारीले उनको पिछा छोडेन ।

पुरुषको एकाधिकार भएको स्थानमा महिलाले त थोरै हिस्सा पाएका छन् तर स्त्रीको एकाधिकार भएको स्थानमा पुरुषले एक दिनको ब्रेकफास्ट बनाए, बच्चालाई एक दिन सम्हालेर महापुरुषको उपाधि पाएका छन् ।

पुरुषले थोरै दया देखाउनुपर्छ र ती पुरुषलाई महानताको सर्टिफिकेट दिनका लागि पुरा समाज उर्लिन्छ । नारीहरू हड्डी गल्ने गरी सेवा गर्छन्, काम गर्छन् तर कति महान् छन् भनेर कसैले भन्दैनन् । उनले त आफ्नो कर्तव्य मात्रै त निभाइरहेकी छिन् । 

दैनिक जीवनको यो कथा त परिवर्तन भएनन् भएनन्, युएन वुमन, विश्व बैङ्क र विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा महिला हिंसाको आँकडा पनि फेरिएन । अचम्मको कुरा के छ भने जति समय अघि बढिरहेको छ, हिंसाको ग्राफ पनि त्यति नै उकालो लागिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वमा हरेक तेस्रो महिला आफ्नो जीवनमा कुनै न कुनै समयमा पुरुषबाट बलात्कार र हिंसाको सिकार हुने गरेको बताएको छ । विश्वमा हरेक चार मिनेटमा एक महिला पुरुषबाट कुटपिट भइरहेका छन् ।

यसलाई यसरी बुझ्नुहोस् कि तपाईँले आफ्नो जीवनमा चिनेका सबै महिलाहरूमध्ये प्रत्येक तेस्रो महिलाले आफ्नो जीवनमा हिंसाको सामना गरेका छन् । तीमध्ये केहीले अघिल्लो रात घरमा कुटाई खाएको र आज अफिस आउँदा मेकअप लगाएर आफ्नो घाउ लुकाइरहेको पनि हुनसक्छ । 

नेशनल क्राइम रेकर्ड ब्युरोका अनुसार सन् २०२१ मा ६,५८९ युवतीको हत्या नजिकका व्यक्तिबाट भएको थियो । नजिकको अर्थ पति, प्रेमी, बुबा, भाइ आदि ।

अझै पनि सबै समानता प्राप्त भइसकेकाले अब महिला र पुरुषमा कुनै भिन्नता छैन र हामीले अन्तर्राष्ट्रिय महिला दिवस मनाउनै पर्दैन भन्ने लाग्छ जस्तो लाग्छ भने तपाईँले आफ्नो बुद्धिको बलिदान दिनुभएको छ ।

सत्य यो हो कि आज पनि पुरुषले महिलाको तुलनामा संसारभरि ४० गुणा बढी पैसा कमाउँछन् । भुक्तान नहुने श्रमको ८० प्रतिशत हिस्सा महिलाको रहेको छ । अर्थात् त्यो काम जुन महिलाले प्रेमको नाममा दिनरात गर्छन् र जसमा उनले कुनै प्रतिफल पनि पाउँदिनन् ।

विश्वको ७८ प्रतिशत सम्पत्ति पुरुषको नाममा छ । महिला खेतमा अत्यधिक मेहनतले काम गर्छन् तर मालिकको अधिकार पुरुषमा हुन्छ । विश्वमा असङ्गठित क्षेत्रमा कम पारिश्रमिकको ७० प्रतिशत काम महिलाहरूले गर्छन् ।

समग्रमा, महिलाले ती सबै काम गर्छन् जसको लागि उनीहरूले श्रेय पाउँदैनन् । जसका लागि उनीहरुले पैसा पाउँदैनन् । पाइहाले पनि पुरुषको तुलनामा निकै कम पाउँछन् । तापनि हामीलाई लाग्दैन कि हामीले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै आवश्यक छैन । अब स्वर्ण युग आइसकेको छ । 

यो सम्पूर्ण कथाको बीचमा, हाम्रो देश र समाजको सबैभन्दा ठुलो सङ्कट के हो भन्ने तपाईँलाई थाहा छ ? सङ्कट यो होइन कि महिला वञ्चित छन्, पिछडिएका छन्, सीमान्तकृत छन् । विडम्बना यो हो कि देशका महान् सफल बुद्धिजीवी वर्ग यो सत्य मान्न तयार छैनन् ।

तपाईँको वरपरको कुनै पनि मध्यम वर्गका मानिससँग यसबारे कुरा गर्ने प्रयास गर्नुहोस् त सबै जना इन्कार गर्छ, अस्वीकार गर्छन् । दाबी गर्छन् कि यो सबै सय वर्ष पुरानो कुरा हो । अब दुनियाँ फेरिइसकेको छ । 

हामी सत्य स्वीकार नै गर्न तयार छैनौँ भने संसार कसरी परिवर्तन हुन्छ ? हामी रोगलाइ नै स्विकार्दैनौँ भने डाक्टरकहाँ किन जान्छौँ । उपचारबारे किन सोच्छौँ ? यसरी रोग कसरी निको होस् ।  

पुरानो भनाई छ – सुतेको मान्छेलाई पो उठाउन सकिन्छ, सुतेको नाटक गर्नेलाई कसरी ब्युँझाउन सकिन्छ ?

हुन त यो विश्वव्यापी सङ्कट हो, तर हाम्रो देशको सांस्कृतिक सङ्कट धेरै छ कि हामी इन्कारमा बाँचिरहेका छौँ । महिलालाई समाज, जीवन, घर, काम, कार्यालय र राजनीतिमा समान स्थान दिन सकेका छैनौँ, किनभने समान स्थान नपाएको कुरा मान्न तयार छैनौँ ।

समस्या यो होइन कि असमानता हटिरहेको छैन, समस्या यो हो कि असमानता छ भन्ने कुरा हामी मान्न तयार छैनौँ । त्यसैले हामी अन्तर्राष्ट्रिय महिला दिवसको आवश्यकता छैन भन्ने तथ्यमा ताली बजाउँछौँ ।

हामीलाई अन्तर्राष्ट्रिय महिला दिवस चाहिन्छ । सयौँ पटक चिच्याउँदै भन्नु छ कि हामीलाई यसको आवश्यकता छ । हामीले यो भन्नुपर्छ कि रोग छ, हामीलाई उपचारको आवश्यकता छ । अरू कसैले नबोले पनि हामी महिलाले बोल्नुपर्छ । 

आखिर पिताको सम्पत्तिमा आफ्नो अधिकार छोरीले नै माग्नेछिन्, त्यो छोराले होइन जसलाई सबै जग्गा–जमिन, घर, सम्पत्ति थालीमा सजाएर दिइएको हुन्छ । 

– दैनिक भास्करमा प्रकाशित लेख