निरुता चौधरी/रोशन महतो
महोत्तरी, फागुन २१ गते । मोटरसाइकल धार्मिक परिक्रमा यात्रीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ ।
मिथिला क्षेत्रको प्रसिद्ध एवं पौरणिक परिक्रमा घुम्ने कार्यक्रम अन्तर्गत मोटरसाइकल धार्मिक परिक्रमा मटिहानी पुग्दा भव्य स्वागत गरिएको हो ।
जनकपुर उपमहानगरपालिका मेयर मनोज साहको नेतृत्वमा रहेको सो धार्मिक मोटरसाइकल परिक्रमा क्षेत्रको घुम्ने यात्रा मटिहानी आइपुग्दामटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले स्वागत गर्नुभएको थियो ।
विगत चार वर्ष देखि मेयर साहको नेतृत्वमा सो मोटर साइकल यात्रा जनकपुरबाट प्रारम्भ भई परिक्रमा क्षेत्रको करिब १ सय ३३ किलोमिटर क्षेत्रमा एक दिनमा घुम्ने गरेको छ ।

