आत्मघाती आक्रमण ९ सुरक्षाकर्मीको मृत्यु, १३ घाइते

कराँची, फागुन २२ गते ।

पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । 

क्वेटा–सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।

सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० महमूद नोतेजाईले बताए । एजेन्सी
 

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार