रामबाबु यादव
गौशाला, फागुन २२ गते ।
महोत्तरीमा भन्सार छलिका चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलि गरी लुकाई छिपाई लगिरहेको अवस्थामा सम्सी दशगजाबाट ३५ वटा चौपाया नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्सी गाउँपालिका–६ दशगजास्थितबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी सम्सीबाट खटिएको संयुक्त प्रहरी टोलीले ३२ओटा गाई र ३ ओटा गोरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारत तर्फअबैध रुपमा चोरी निकासी पैठारी गरिरहेको हेरेपछि नियन्त्रमा लिन गएका प्रहरी टोलीलाई हेर्नसाथ चौपाया छाडेर मानिस फरार भएका थिए ।
नियन्त्रणमा लिइएको भन्सार छलिका चौपायालाई आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवाडा पठाइएको जिल्ला प्रहरी कार्यालय जलेश्वरले जनाएको छ ।