रामबाबु यादव
गौशाला, फागुन २२ गते ।
महोत्तरीमा भारतबाट लुकाइछिपाई ल्याईरहेको कपडा नियन्त्रणमा लिन खोज्दा तस्करहरुको भागाभाग भएको छ ।
भन्सार छलीका कपडा भारतबाट नपालतर्फ ल्याउदै गरेको मानिसहरुलाई नियन्त्रमा लिन खोज्दा भागाभाग भएको हो ।
सम्सी गाउँपालिका–४ स्थित सडकमा खटिएको प्रहरी टोलीले ३–४ जनाको समूहमा व्यक्तिहरुले कपडा बोरामा प्याकगरि टाउकोमा राखी ल्याइरहेको भएपनि प्रहरीले एकजनालाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं.५ बस्ने अन्दाजी बर्षको ३४को श्रीकान्त कापड रहेका छन् । प्रहरीका अनुसार उनलाई नियन्त्रमा लिई खान तलासी गर्दा उनको जिउ तथा टाउकोमा ल्याएको अबैध कपडा अन्दाजी २ लाख ९ हजार ५ सय २० रुपैया बराबरको भन्सार छलिका कपडा बरामद भएको हो ।
भन्साल छलिका कपडासहित पक्राउ परेका कापडलाई आबश्यक कारवाहीको लागी भन्सार कार्यालय जलेश्वर मलिवडा पठाएको जिल्ला प्रहरी कार्यालय जलेश्वरले जनाएको छ ।