‘स्वर्गरुपी मुस्ताङ चलचित्रमा छ’

काठमाडौं, भाद्र ७ गते ।

नेपाली चलचित्र जय हो शुक्रवारबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।

प्रदर्शनअघि काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको थियो । प्रिमियर शोपछि बोल्दै फिल्म हेर्न पुगेका कलकारहरुले चलचित्र निकै राम्रो बनेको बताए ।

सिने पत्रकारहरुसँग कुरा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र मनोरञ्जनात्मक रहेको बताए । उनले सलोन बस्नेतलाई इमोसनल पात्र धेरै सुहाउने र अभिनय पनि उत्कृष्ट हुने बताए ।

त्यस्तै अभिनेत्री पूजा शर्माले फिल्म हेर्दा पनि आनन्द आएको र स्वर्ग जस्तो मुस्ताङका सिनहरु चलचित्रमा रहेको बताईन् ।

त्यस्तै अभिनेत्री केकी अधिकारीले आफ्नै फिल्मको प्रिमियर हेर्दा अफ्ठ्यारो लाग्ने बताईन् ।

त्यस्तै अभिनेता सलोन बस्नेतले आफूलाई आफ्नो फिल्म हेर्दा गाह्रो भएपनि चलचित्र जय हो राम्रो लागेको बताए ।

त्यस्तै अभिनेता शोभित बस्नेतले निर्देशन भन्दा सिनेमा निर्माण गर्नु गाह्रो भएको अनुभव सुनाए । उनले चलचित्रको नतिजा राम्रो आएकाले आफू खुशी भएको र सोचेको भन्दा बढी चल्नेमा आशावादी रहेको उल्लेख गरे ।

सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रश्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् । फिल्म शुक्रवारबाट प्रदर्शन हुनेछ । न्यूज एजेन्सी

Scroll to Top