‘जवान’ले बनायो कमाईको नयाँ रेकर्ड

गौशाला, भाद्र २५ गते ।

बलिउड अभिनेता शाहरूख खानको चलचित्र ‘जवान’ भारतका नेसनल चेन ९सिनेमा हल०मा सबैभन्दा धेरै बक्सअफिस कलेक्सन गर्ने चलचित्र बनेको छ ।

आइतबार यो सिनेमाले भारतका सिनेमा हलमा मात्रै ३३।६५ करोड नेट कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हो । यो अहिलेसम्मकै एक दिनको सबैभन्दा धेरै कलेक्सन हो ।

‘जवान’ले भारतका हलमा मात्रै पहिलो दिन २९।९६, दोस्रो दिन २२।७५, तेस्रो दिन ३२।६७ र चौथो दिन ३३।६५ करोड गरेर चार दिनमा ११९।०३ करोड नेट कलेक्सन गरेको भारतीय सिनेमा ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् ।

‘जवान’मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको मुख्य अभिनय रहेको छ । एटली कुमारले निर्देशन गरेका ‘जवान’ले आक्रामक कलेक्सन गरिरहेको छ ।