पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

द पब्लिक टुडे
गौशाला, भाद्र ३० गते ।

मोरङको ग्रामथानमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए ।‌

ग्रामथान गाउँपालिका वडा नं.२ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले बताए । स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको डुबेर मृत्यु भएको बताइएको छ ।

पानीमा डुबेर गम्भीर स्वास्थ्य अवस्था भएका बालिकाहरुलाई बिहान साढे ११ बजे स्थानीयले फेला पारेर उपचार गराउँन विराटनगरको कोसी अस्पताल लगेका थिए । उनीहरूको अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो ।‌ बाह्रखरी