अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

File Photo

द पब्लिक टुडे
गौशाला, भाद्र ३१ गते ।

चिकित्सक कुटिएपछि सोको विरोधमा आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन् ।

स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो ।

हेटौंडामा चिकित्सक कुटिएपछि नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणवद्ध आन्दोलन थालिएको संघको भनाइ छ ।

संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले स्मरण गराएको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।

संघका अनुसार अनिवार्य रूपमा देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडि सारेको छ ।