आगोले जलेर महिलाको मृत्यु

द पब्लिक टुडे
गौशाला, भाद्र ३१ गते ।

मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर घाइते भएकी थिइन् ।

घाइते भएकी उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । रासस