नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

काठमाडौँ, भाद्र ३१ गते ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेकपा ९एमाले० पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिएको उनका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

गत सोमबार हृदयघात भइ नेम्बाङको निधन भएको थियो । रासस