अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर

द पब्लिक टुडे
गौशाला, असोज १ गते ।

अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरकारले सरुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव भइसकेका पुष्करलाई अर्थमन्त्रालयमा सरुवा गरेको हो ।

अर्थमन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै सरकारले सशस्त्र प्रहरीका तीन एआइजीको समेत सरूवा गरेको छ। जसमा चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको हो ।

Scroll to Top