कुटपिटबाट एकको ज्यान गयो, चारजना पक्राउ

File Photo

द पब्लिक टुडे
गौशाला, असोज १ गते ।

पाल्पामा कुटपिटबाट एकजनाको ज्यान गएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका–२ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिटबाट ज्यान गएको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बीच झै–झगवा तथा कुटपिट हुँदा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।