सर्लाही : गोली ‘लोड’ भएको बन्दुक बरामद

File Photo

द पब्लिक टुडे
गौशाला, असोज १ गते ।

सर्लाहीमा गोली ‘लोड’ भएको एकथान नलकटुवा बन्दुक बरामद गरिएको छ ।

सोमबार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका–६, बयलबासबाट एक राउन्ड गोली ‘लोड’ भएको बन्दुक बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँ बस्ने जितन साहको घरभित्र अज्ञात व्यक्ति प्रवेश गरेका थिए । स्थानीयले हो–हल्ला गर्दा ती व्यक्ति फरार भएका थिए । त्यसपछि घरअगाडि बाटोमा उक्त बन्दुक फेला परेको हो ।

फरार व्यक्तिको खोजी र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।