न्यूयोर्क, असोज ३ गते ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएको छ ।
मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारिएको हो ।
परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएको छ । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएको छ । रासस