माटोको ढिस्कोले पुरिएर एकको ज्यान गयो

File Photo

बर्दिया, असोज ६ गते ।

मधुवन नगरपालिका–३ खातामा आज ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।