द पब्लिक टुडे
गौशाला, असोज ६ गते ।
बारामा बोल्न नसक्ने एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेको प्रहरीले जनाएको छ ।
११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्याएको थियो ।
जबरजस्ती करणी गर्ने लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।