गौशालामा यसरी लुटियो दिनदहाडै लाखौं रुपिया

रामबाबु यादव
गौशाला, असोज ८ गते ।

महोत्तरीको गौशाला बजारमा एक व्यक्ति दिन दहाडै लुटिएका छन् । गौशाला नगरपालिका–९ भरतपुर बस्ने शम्भु महतोको ६ लाख ३६ हजार रुपैयाँ लुटिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

गौशाला नगरपालिका ४ रजखोर बस्ने रामसरण महतो हाल ओखलढुंगामा ग्यारेज संचालन गर्दै आइरहेको ज्वाईले पठाइएको रुपैयाँ आइतबार गौशालास्थित रहेका एनआईसी एसिया बैंकको गौशाला शाखाबाट निकालेर घरतिर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले लुटेर लगेको पीडित महतोलेलाई बताए ।

यसरी भयो घटना महतोका अनुसार अन्दाजी २ः३० बजे ती अज्ञात व्यक्तिले स्कुल गेटनजिकै आफू बैकको कर्मचारी हु तपाई बैंकमा हिड्नु केहि कागजी प्रक्रिया बाकी रहेको बताए । ‘लगत्तै उनले मोटरसाइकलमा बसाई गौशाला स्थित रहेका दुर्गा मन्दिर नजिकै तपाईं बस्नु म कागज लिएर आइरहेको छु भनी गइसकेपछी मलाई शंका लाग्यो,’ पिडित महतोले भने ‘त्यसपछि म मेरो श्रीमती रहेको ठाउँ स्कुल गेट्मा पुग्दा मेरो श्रीमती थिएन ।’

आफ्नो श्रीमतीलाई पनि ती व्यक्तिले तपाईलाई बोलाएको भन्दै ललाइ फकाइ श्रीमतीलाई गौशालाको विद्युत प्राधिकरण कार्यालय नजिक श्रीमतीलाई छाडी उक्त रकम लुटपाट गरि फरार भएको पिडित महतोले बताए । लुटपाट गर्ने व्यक्तिको मोटरसाइकल नम्बर ७०५९ रहेको अनुसन्धानबाट थाहा भएको र लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जनाए ।

Scroll to Top