रामबाबु यादव
गौशाला, असोज ६ गते ।
जनमत पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र महतोलाई पार्टीकै एक महिला सदस्यले झापड हानेकी छन् । शनिवार पार्टीको एक कार्यक्रममा प्रमुख अतिथि रहेका जिवण त्यगी भनेर चिनिने महतोलाई महिला सदस्यले झापड हानेकी हुन् ।
बर्दिबास नगरपालिका-१३ बिजलपुराकी सुनिता महतोले आफ्नै पार्टीका केन्द्रीय सदस्य महतोको मुखमा झापड लगाएको छ । गत स्थानिय तहको चुनावमा आफुलाई वडाअध्यक्षको उमेदवार बनाई चुनावमा बिपक्षी पार्टीको मत मगेको गुनासो गर्दा केन्द्रिय सदस्य महतोले कार्यक्रमको बीचमै अभद्र गाली गलौच तथा कुटपिट गर्न खोजेपछि ती महिला सदस्यले प्रमुख अतिथि महतोलाई झापड हानेको कार्यक्रममा सहभागी एक नेताले बताए ।
जनमत पार्टीका बरिष्ठ सल्लाहकार भरत साहले घटनामा केन्द्रिय सदस्य महतोको रबैया निन्दनीय रहेको प्रतिक्रिया दिएका छन् । यता, घटना बारे केन्द्रिय सदस्य जीवन त्यागीसंग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । नगरसभा गर्नकोलागी नगर अध्यक्ष जोगेन्द्र साहले नगरभरीका जनमत पार्टीका वडा अध्यक्ष तथा सक्रिय कर्याकर्ता भेला गरेका कार्यक्रममा नगरसभा कसरी गर्ने तथा कार्यकर्ताहरुको गुनासो, त्रुटि सम्बन्धि छलफल भएको थियो ।
त्यसैक्रममा सुनिता महतोले आफ्ना गुनासो गारिरहेकै समयमा केन्द्रिय सदस्य महतो उनीमाथि आक्रोशित भएपछि बिवाद भएको र कार्यक्रम स्थगित समेत भएको नगर अध्यक्ष साहले बताए ।