डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

द पब्लिक टुडे
गौशाला, असोज १५ गते ।

रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।

दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका–१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो ।

दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए ।

प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ । अनलाइनखबर